बिहिबार, बैशाख १३, २०८१

एक दर्जन सासंदले नेकपा एकीकृत रोजेसंगै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

 सामाजिक विकास मन्त्री खनालको राजीनामा स्वीकृत 

काठमाडौ भाद्र १६,

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना प्रदेशसभा सांसद्हरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ जना सांसद् छन् । प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसद्को साथ चाहिन्छ । १२ जना सांसद्ले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद् मात्रै बाँकी रहेका छन् ।

त्यस्तै माधव नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोज्ने प्रदेश सासंदहरुमा क्रमस राजेन्द्र पाण्डे,राजेन्द्रमान श्रेष्ठ,लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई,रमा आले मगर,बसन्त मानन्धर,कुसुम कार्की,पार्वती सिलवाल,इन्द्रमाया गुरुङ,मुनु सिग्देल,माधव पौडेल र कृष्ण खनाल रहेका छन ।

यसैवीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन अर्थात गत भाद्र २ गते मन्त्रीमा नियुक्त भएक बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिनुभएको राजीनामा मुख्यमन्त्री शाक्यले स्वीकृत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।