मङ्लबार, बैशाख १८, २०८१

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १३० ,एलपी ग्यास प्रतिसिलिण्डरको मूल्य १४५०

काठमाडौं भाद्र ७ ,
। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार बढ्दो पेट्रोलियम पदार्थको मूल्य अनुसार

पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ भने खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० पुगेको निगमले जनाएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।