शुक्रबार, बैशाख ७, २०८१

थप १ हजार ८०१ जनामा कोभिड संक्रमण ,२४ को मृत्यु

काठमाडौं भाद्र ७ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ८०१ कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पहिचान भएको संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको र यसमध्ये पछिल्लो समय ३८ हजार ३५१ जनामा सक्रिय संक्रमण रहेको जनाएको छ ।

त्यस्तै यसवीचमा १ हजार ९२४ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको र यो संगै डिस्चार्ज हुनेको सख्या ७ लाख ९७ पुगेको मन्त्रालयले जनाएको छ।साथै वितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको र आज पहिचान भएका मृतक संगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। त्यस्तै देशभर ६७९ जना आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु