शनिबार, बैशाख १५, २०८१

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएसंगै निर्धारित मितिमानै महाधिवेशन हुने वातावरण बन्यो

काठमाडौँ भाद्र८,
नेपाली काँगेसको आसन १४ औ महाधिवेशन अवको मितिमा कावु वाहिरको परिस्थिती सिर्जना भएको अवस्थामा वाहेक निर्धारित मितिमा हुने प्राय शुनिश्चित भएको छ। पछिल्लो समय क्रियाशील सदस्यताको विवादका कारण अन्यौलमा पर्दै आएको महाधिवेशनको मिति रेखा सोमबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवादको निरुपण गरेसंगै निर्धारित मितिमा १४ औ महाधिवेशन हुने निश्चित भएको हो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमबार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएपछि यस किसिमको वातावरण बनेको जनाउदै अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनको वातावरणहुने सम्वद्धस्रोतले जनाएको छ।

त्यस्तै यसवीचमा अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमतिसंगै क्रियाशील सदस्यताको विवाद मिलेसँगै यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने र यसको लागि सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएसंगै समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।