मङ्लबार, बैशाख १८, २०८१

प्रहरीको तपाईंको मास्क खोई ?’ कार्यक्रम -५ लाख ६० हजार जनालाई  नि:शुल्क मास्क वितरण

काठमाडौ साउन २५, 
कोभिड९१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम मार्फत पछिल्लो २४ घण्टामा २२ हजार ७ सय६२ जनालाई नि: शुल्क मास्क वितरण गरिएको जनाएको छ ।

त्यस्ते नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा गत वैशाख ६ गतेदेखी सञ्चालित प्रस्तुत कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ५ लाख ६० हजार ५ सय ११ जनालाई निस्शुल्क मास्क वितरण गरिएको जानकारी दिदै नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ? ’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको हो ।

साथै कोभिड९१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ७८ जनालाई १७ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको जानकारी दिदै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ९१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २६ हजार १९ जनालाई सचेत गराउने कार्य गर्दै आएको जनाएको छ।