बिहिबार, बैशाख १३, २०८१

कोभिडविरुद्धको खोप अभियान : कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलाइ  दोस्रो खोप लगाइदै

काठमाडौ साउन २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई जापानबाट र भुटानबाट आएको खोप लगाइने बताइएकोछ ।यसक्रममा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएकोछ ।

साथै खोप लगाउने क्रममा मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी समेत दिएको छ ।