शुक्रबार, चैत्र १६, २०८०

३ हजार ६५१ जनामा कोभिड संक्रमण , १८६ जना भेन्टिलेटर सहितको उपचारमा

काठमाडौ साउन २५,
वितेको २४ घण्टामा ३ हजार ६५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ४५५ जनामा पीसीआर परीक्षणको क्रममा २ हजार ६०९ र छ हजार १४९ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना कोभिड सङ्क्रमित निको भएका जनाउदै यसवीचमा सङ्क्रमणका कारण २२ जनाको मृत्यु भएको जनाएको छ।  मन्त्रालयका अनुसार आज पुष्टि भएका मृतकसंगै नेपालमा कोभिड मृतकको सख्या १० हजार ११५ पुगेको छ ।

यस्तै, सघन कक्षमा उपचारारत ७४१ जना मध्ये १८६ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको जनाएको छ।