मङ्लबार, बैशाख १८, २०८१

उपत्यकामा कोभिड सङ्क्रमणदर उच्च बन्दै , भीडभाडजन्य क्रियाकलाप नर्गन अनुरोध

काठमाडौं साउन १९ ,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर उच्च बन्दै गएको जनाउ सहित सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

मङ्गलबार एक सूचना जारी प्रशासनले बढ्दो कोभिड संक्रमणको चाप संगै अस्पतालहरुमा भेन्टिलेटर आइसियू र आकस्मिक सेवाका बेडहरु फेरी भरिभराउ हुने क्रम बढेको पक्षतर्फ संकेत गर्दै कोभिड सङ्क्रमण दर घटाउन सवै पक्षले आआफ्नो नैतिक दायित्व सम्झदै जनस्वास्थ्यका माणपदण्ड सबैले पालना गर्न आग्रह गरेको छ।

त्यस्तै जारी सूचनामा पछिल्लो समय जारी निषेधाज्ञालाइ कोभिड संक्रमणको भयावह अवस्था समाप्त भइन नभइ आर्थिक चलायमानको क्रियाकलाप बढाउन जनमानसमा बन्दाबन्दीको नकारात्मक प्रभाव नपरोस भनेर सहजीकरण गरिएको भन्ने पक्ष प्रति हेक्का राख्दै सङ्क्रमणको जोखिम अझै उच्च रहेका कारण कोहि कसैले पनि भीडभाडजन्य क्रियाकलाप नर्गन नगराउन समेत अनुरोध गरेको छ । त्यस्तै जनस्वास्थ्यका मापदण्ड पालना नगरेको अवस्थामा तेस्रो लहर समेत आउने सम्भावना त्यतिकै भएकोले सबैलाई सचेत रहन समेत प्रशासनले अनुरोध गरेको छ ।