मङ्लबार, बैशाख १८, २०८१

बढ्यो संक्रमितको सख्या : ३ हजार ३८३ जनामा कोभिड सङ्क्रमण,२४ को मृत्यु

काठमाडौं साउन १९ ,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पिसिआर परीक्षणको क्रममा २ हजार ४४८ जना र छ हजार ८० जनाको एन्टिजेन परीक्षणको क्रममा ९३५ जना गरि कुल ३ हजार ३८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ९९४ जना कोभिड संक्रमित निको भएको जानकारी दिदै यसवीचमा सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार ९९२ पुगेको जनाएको छ।