आइतवार, बैशाख २३, २०८१

निर्धारित समयसिमा भित्र प्रतिवेदन नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं साउन १९ ,
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्धारित समयसिमा भित्रै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगका अनुसार लगातार ३ बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राष्ट्रिय त्रिमुल पार्टी, राष्ट्रिय जनएकता पाटी, हाम्रो पार्टी , नयाँ संघीयता पार्टी , जनधारणा पार्टी , नेपाल नागरिक पार्टी । नागरिक सामाजीक पार्टी लगायतका ४१ दलको साउन २० गते देखि लागु हुने गरि दलदर्ता खारेज गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा आयोगले दल दर्ता खारेज गरिएपनि खारेज भएका राजनीतिक दलहरुको नाम झण्डा, चिन्ह, दर्ता खारेज भएको मितिले एक बर्ष सम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको जानकारी दिएको छ।