आइतवार, बैशाख २३, २०८१

सम्पदा भवन बनाउन न्युनतम ८ लाख देखि अधिकतम ३२ लाख रुपैयाँसम्म अनुदान

महानगरको ६६ औँ कार्यपालिका बैठक :६ वटा महत्वपूर्ण विषयगत कार्यविधि संशोधनसहित पारित

काठमाडौ साउन १९,

काठमाडौँ महानगरको आज सम्पन्न ६६ औँ कार्यपालिका बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि – ०७८’, ‘लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि -०७८’, ‘छात्रवृत्ति कार्यविधि -०७८’, ‘मानव वेचविखन तथा ओसार पसार नियन्त्रण कार्यविधि- ०७८’, ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि -०७८’, र ‘राजस्व छुट, मिनाहा सम्बन्धी कार्यविधिसम्पदा भवन बनाउन न्युनतम ८ लाख देखि अधिकतम ३२ लाख रुपैयाँसम्म अनुदान-०७८’ संशोधनसहित पारित गरेको छ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको वैठकले पारित गरेका कार्यविधिमध्ये ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि — ०७८’ मा इन्द्रजात्रा चलाउन आवश्यक पर्ने खर्च र जात्रा सञ्चालनका विषय समावेश छन् । यस कार्यविधिअनुसार काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ, नेपाल सरकारले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारको १ करोड र गुठी संस्थान ५० लाख रुपैयाँको सहभागितामा ५ करोडको अक्षय कोष स्थापना हुनेछ । महानगरका प्रमुखको अध्यक्षतामा गठन हुने समितिले कोष सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि — ०७८’ ले घरेलु हिंसा वा लैङ्गिक हिंसामा परेका, बेचविखनमा परेका व्यक्तिको पुनस्र्थापनाका लागि सहयोग गर्ने प्रबन्ध गरेको छ । कार्यविधिअनुसार महानगरले हिंसाका विषयमा उजुरी लिने, कुरा सुन्ने, मेलमिलाप गराउने तथा फौजदारी प्रकारको हिंसाका घटनालाई अदालत वा प्रहरीमा पठाउनेछ । त्यस्तै हिंसाको प्रकृतिअनुसार आत्मनिर्भरताका लागि उद्यम गर्न ३० हजार रुपैयाँसम्म सहयोग गर्नेछ । यस्तै उपचार गर्नु परे २० हजार रुपैयाँसम्म र कानुनी सहायता लिनु परे १५ हजार रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था गरिएको छ ।
साथै ‘छात्रवृत्ति कार्यविधि — ०७८’को मुल मर्ममा गरीव तथा विपन्न र जेहेन्दार विद्यार्थीका उच्च शिक्षा वा विश्वविद्यालय शिक्षाका लागि एकमुष्ट वा किस्तामा छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था रहेको छ भने मानव वेचविखन तथा ओसार पसार नियन्त्रण कार्यविधि -०७८’ ले महानगर क्षेत्रभित्र मानिसको बेचविखन र ओसारपसारलाई नियन्त्रण गर्नेछ । कसैलाई फकाएर, झुक्याएर, लोभमा पारेर, सरीर बन्दक बनाएर, कमजोरीको फाइदा उठाएर, पदको दुरुपयोग गरेर आफूसँग राख्ने, वेश्यावृत्तिमा लगाउने वा लाग्न बाध्य बनाउने, बन्धक बनाएर राख्ने जस्ता प्रवृत्ति रोक्ने काम कार्यविधिअनुसार हुने व्यवस्था गरेको छ ।

त्यस्तै महानगरभित्रका निर्माण हुने निजी तथा संस्थागत भवन र निर्माण भइसकेका भवनलाई बाहिरी स्वरुप परिवर्तन गर्न प्रोत्साहन गर्ने लक्ष्य सहित तयार गरिएको ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि – ०७८’ ले सम्पदा भवन बनाउन न्युनतम ८ लाख रुपैयाँ देखि अधिकतम ३२ लाख रुपैयाँसम्म अनुदान दिइने व्यवस्था गरेको छ ।

त्यस्तै प्रस्तुत कार्यविधि कार्यान्वयनकालागि सम्पदा तथा पर्यटन समितिका संयोजकको अध्यक्षतामा समिति रहने र समितिको सिफारिसमा मल्लकालीन वा राणाकालीन भवनहरु जसलाई नभत्काइ सवलीकरण गरिनेछ । यस्ता भवनले सबैभन्दा धेरै अनुदान रकम पाउनेछन् । यसै गरी पुराना भवनलाई भत्काएर पुरानै सामाग्रीमा थप केही सामाग्री मिसाएर पुननिर्माण गर्नुपर्नेलाई ‘ख’ बर्गमा राखिएको छ । प्लाष्टर झिकेर बाहिरी आवरणमा परम्परागत बनावटका इटा लगाउने, स्टिल वा फलामका झ्याल वा ढोकाको सट्टा काठका झ्याल ढोका बनाएर रुपान्तरण हुने घरलाई ‘ग’ वर्ग र पिलर सिस्टमका भवनलाई ‘घ’ बर्गमा राखिएको छ । यसै गरी भूगोलका आधारमा संरक्षित स्मारक, संरक्षित सम्पदा मिश्रित बसोबास र अन्य ९यी ३ वटै समूहमा नपर्ने० गरी ४ वटा उपक्षेत्र तोकिएका छन् । त्यस्तै राजस्व छुट, मिनाहा सम्बन्धी कार्यविधि -०७८’ मा सार्वजनिक तथा सामुदायिक हितका लागि काम गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई दिइने कर छुट सम्बन्धी व्यवस्था छ । यसमा खासगरी आय नहुने र सामुहिक हितका लागि काम गर्नेहरुलाई दिइने छुट सम्बन्धी व्यवस्था गरिएको छ ।