आइतवार, बैशाख २३, २०८१

उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताको लागि थपियो

काठमाडौं साउन १९ ,
काठमाडौं उपत्यकाका पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदै गर्दा आज बसेको प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताको लागि लम्व्याउँने निर्णय गरेको छ ।

पछिल्लो समय कोभिड संक्रमणको दर बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सूरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय सहित थप ए साताको लागि जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस्तो छ आदेश:
त्यस्तै बैठकले भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने निर्णय सहित जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कानुनी दायरा लिदै कारवाही गर्ने निर्णय समेत गरेको छ।  त्यस्तै बैठकले कोभिड परीक्षण दायरा बढाउने विषयमा समेत नितिगत निर्णय गर्दै यहि अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल समेत गर्न सकिने विषयमा समेत छलफल गरेको थाहा भएको छ।