बिहिबार, बैशाख २०, २०८१

१ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

मकवानपुर साउन २०,
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई छिपाइ ल्याएको अवस्थामा १ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका९९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।

उक्त ट्रकलाई बाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा उक्त गाँजा सहित निजहरुलाइ पक्राउ गरेको जनाउदै यससम्बन्ध्मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ