बिहिबार, बैशाख २०, २०८१

सम्पदा  र संस्कृतिको संरक्षणमा महानगर पूर्ण प्रतिवद्ध : प्रमुख शाक्य

काठमाडौं साउन २०,
अनुप प्रधान
काठमाडौं महानगरपालिका वडा न१२ स्थित पचली भैरव मन्दिर स्थित पाटी पौवाको पुननिर्माणको शुभारम्भ गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यंले आज विधिवतरुपमा पुनर्निर्माणको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रमको शिलान्यास गर्दै महानगर प्रमसख शाक्यले    यहाँको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिदै  सम्पदा संरक्षणको क्षेत्रमा स्थानीय , प्रदेश संगै संघीय सरकार र सम्बन्धित  गुठीगानाको महत्वपूर्ण भूमिका रहेको बताउदै सम्पदा  र  संस्कृतिको संरक्षणमा महानगर पूर्ण रुपमा प्रतिवद्ध रहेको अभिव्यक्ति दिनुभएको छ ।

वर्ष २०७९ जेठ मसान्तसम्मा पुनर्निर्माण सक्ने   योजना सहित शुरु गरिएको पाटी पौवा पुनर्निर्माणको जिम्मा ८९ लाख ५५ हजार लागतमा  नमोबुद्ध विल्डर्स प्रालिले पाएको छ।