शुक्रबार, बैशाख २१, २०८१

जसपाको आधिकारिकता र आयोगको हेड काउन्ट’ फैसलामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं साउन २०,
पछिल्लो समय जनता समाजवादी पार्टीको आधिकारिकताको सवालमा चुलिएको विवादको सम्बोधन गर्दै निर्वाचन आयोगको गरेको फैसला उपर सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।आयोगले जसपाको आधिकारिकताको निरुपण गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिक घोषित गरेको थियो ।

तर आयोगको उक्त फैसला उपर असहमति जनाउदै जसपाका महन्थ ठाकुरपक्षले दायर गरेको रिटको सुनुवाइ गर्दै बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

यसअघि  महन्थ ठाकुर पक्षले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुई वटा रिट दायर गर्नुभएको थियो ।