बिहिबार, बैशाख २०, २०८१

४ हजार १०७ जनामा कोभिड संक्रमण, ३५ को मृत्यु

मुलुकमा कोभिड संक्रमणको तेस्रो लहरको संकेत , शंका लागेका सवैलाइ परीक्षणको दायरामा आउन आग्रह

काठमाडौं साउन २०,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ पिसिआर परीक्षणको क्रममा २ हजार ९७५ जना र ४ हजार ९४४ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार १३२ जना गरि कुल ४हजार १०७ जनामा कोभिड संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाएको छ । मन्त्रालयले यसवीचमा १ हजार ५३५ जना संक्रमित निको भएका जनाएको छ भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यस्तै आज पहिचान भएक मृतक संक्रमितसंगै कुल मृतकको सख्या ९ हजार ९९७ पुगेको जनाएको छ।

यसैवीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोभिड सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको जनाएको  छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबारको नियमित कोभिड मिडिया ब्रिफिङको क्रममा मुलुकमा पछिल्लो समय बढ्दो सङ्क्रमण रफ्तारलाइ दृष्टिगत गर्दै मुलुकमा कोभिड तेस्रो लहर देखिन थालेको जानकारीदिनुभएको हो ।

सह–प्रवक्ता डा. अधिकारीका अनुसार पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा भर्ना हुने क्रम बढ्न थालेको पक्ष र दैनिक रुपमा सङ्क्रमितको सख्या बड्दो पाइनुले मुलुकमा कोभिड संक्रमणको तेस्रो लहरको संकेत देखिन थालेको जानकारीदिनुभएको हो । साथै उहाले सरकारले कोभिड परीक्षण निःशुल्क गरिरहेको जानकारी दिँदै शंका लागेका सवैलाइ परीक्षणको दायरामा आइदिन आग्रह गर्दै छ ।कोभिड महामारीविरुद्धको अभियान एक्यवद्धता र सहकार्य बनाउन आग्रह गर्नुभएको छ।