मङ्लबार, बैशाख ११, २०८१

प्राधिकरणको कार्यकारीमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

वहालवाला प्रमुख शाक्यलाई राजीनामा दिन आग्रह

काठमाडौं साउन १९ ,
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री देउवाले मन्त्री भुसाललाइ प्राधिकरणका वहालवाला प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनु भएको हो ।

सरकारले देउवा र ऊर्जा मन्त्री भुसाल समेत प्राधिकरणका वहालवाला प्रमुख हितेन्द्रदेव शाक्यको कार्यसम्पादन प्रति असन्तुष्टि जनाउँदै प्राधिकरणमा पुन कुलमान घिसिङलाई नै ल्याउने तयारी गरिएको हो ।