मङ्लबार, बैशाख २५, २०८१

बढ्दो मनसुनी वायुको प्रभाव: अझै मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं असार २२,
बढ्दो मनसुनी वायुको प्रभावसंगै मुलुकका विभिन्न स्थानमा बदली सहितको वर्षा हुने क्रमले निरन्तरता पाउदै आएको छ । पछिल्लो जानकारी अनुसार काठमाडौ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदलीहरहुको अलावा प्रदेश नं २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलवार राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बुधबार पनि देशका अधिकांश भूभागमा पूर्ण बदली संगै वर्षाको सम्भावना औल्याएको छ । साथै महाशाखाले पछिल्लो विवरणमा काठमाडौँमा २८ मिलिमिटर वर्षा मापन भएको जनाउदै आज काठमाडौको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरेको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु