बिहिबार, बैशाख १३, २०८१

थप १ हजार ७१८ जनामा कोभिड सङ्क्रमण पुष्टि, १५ को मृत्यु

काठमाडौं असार २२,
पछिल्लो २४ घण्टामा थप १ हजार ७१८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७ हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएकोछ ।

मन्त्रालयका अनुसार यसवीचमा ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९१६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुको अलावा पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको जनाएको छ । साथै आज पुष्टि भएका मृतक संगै कोभिडका कारण मृत्यु हुनेको सख्या ९ हजार २६३ पुगेको जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा १ हजार ५६५ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।