मङ्लबार, बैशाख २५, २०८१

मुलुकको ७७ मध्ये ६८ जिल्लामा बन्दाबन्दी आदेश कायमै { जिल्लाको विवरण सहित }

काठमाडौं असार १६,
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा पछिल्लो सयम ६८ जिल्लामा कायम रहेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सङ्क्रमणको रफ्तारमा कमी आएसँगै निषेधाआज्ञा जारी भएको जिल्लाको असार १५ गतेसम्मको विवरण सार्वजनिक गर्दै मुलुकका ७७ मध्ये ६८ जिल्लामा निषेधाज्ञा जारी रहेको जानकारी दिएको हो । Remove featured image

मन्त्रालयद्दारा जारी ६८ जिल्लाको विवरणमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्जनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ र बर्दिया जिल्लाभर निषेधाज्ञा खुकुलो बनाउँदै लागू गरिएको छ । त्यस्तै सल्यान, दार्चुला, मनवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा, अर्घखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम र इलाम लगायतका ६८ जिल्ला रहेको जनाएको छ ।

त्यस्तै निषेधाज्ञा जारी प्राय सवै जिल्लामा निषेधाज्ञाको समय सिमा रहेको जिल्लागत विवरण अनुसार वैतडी र सिराहमा असार ३१ गते सम्म र कास्की , डडेल्धुरा , स्यानङ्गजामा आगामी असार २५ गते सम्म र बाँकी जिल्लामा प्राय असार २१ गतेसम्म कायम रहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु