बिहिबार, बैशाख ६, २०८१

नेपालमा कोभिड संक्रमणका कारण ९ हजार १४५ को मृत्यु

काठमाडौं असार १६,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार १३० जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ८५७ जनामा कोभिड सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १ हजार ८५७ जना र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षणको क्रममा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

साथै वितेको २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार १७ रहेको जनाउदै प्राप्त पछिल्लो डेटा अनुसार नेपालमा अहिले ३१ हजार ३६८ जनामा संक्रिय सङ्क्रमण रहेको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना मृत्यु भएको योसँगै नेपालमा संक्रमणका कारण ९ हजार १४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु