बिहिबार, बैशाख १३, २०८१

पूर्व निर्धारित कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं असार १६,
नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार आजका लागि पूर्व निर्धारित बैठक अब शुक्रबार बस्ने र बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुने जानकारी दिनुभएको छ।

कांग्रेसले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिले देशभरबाट प्राप्त क्रियाशील सदस्यको विषयमा परेको ५ हजार भन्दा बढि उजुरीको विषयमा सिर्जित विवादको निरुपण गर्न नसकेपछि मापदण्ड बनाउदै उक्त उजुरी उपर पदाधिकारकिो उपस्थितीमा सम्बोधन   गर्ने तयारी अनुरुप आज बैठक वोलाइएको हो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बुझिएको छ।