मङ्लबार, बैशाख १८, २०८१

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ घिमिरे र शाह पक्राउ

काठमाडौं असार ७,
गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका(७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका(९ घर भएका ४२ वर्षीय अकिंत घिमिरे र गोकर्णेश्वर नगरपालिका ८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका(६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २३ गते मन्दिरबाट मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको जनाउदै पक्राउ परेका अभियुक्त उपर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।