बुधबार, बैशाख १२, २०८१

बाढीपहिरो र डुबानमा फसेका ८ सय ६ जनाको उद्दार , २० को मृत्यु

काठमाडौं असार ७,
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृत्यु हनेमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १र१ जना रहेको जनाएकोछ ।


त्यस्तै बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८र८ जना, दाङ र गोरखामा ४र४ जना र कञ्चनपुरमा ३ जना रहेको जानकारी दिएको छ। साथै बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएको छ भने बेपत्ता भएका २१ जनाको खोजी कार्य भइरहेको जनाएको छ ।