शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा थप एकसाता लम्बियो निषेधाज्ञा

स्मार्ट लकडानको अवधारण अनुरुप आर्थिक गतिविधिको पक्षलाइ चलायमान बनाउने योजना मुताविक जोरबिजोर प्रणाली , बार अनुसार पसल सञ्चालन हुने

काठमाडौं असार ६,

बढ्दो कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि उपत्यकामा गत बैशाख १६ गते देखि श्रृखलावद्ध रुपमा जारी हुँदै आएको निषेधाज्ञाको पछिल्लो टक थप गरिएको समय सिमा भोलि सोमबार रातीबाट सकिँदै गर्दा उपत्यकामा ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको सयुक्त बैठकले थप एकसाता निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ। यद्यपी असार ८ गतेदेखि १४ गतेसम्म्म जारी रहने निषेधाज्ञाको मोडालिटी भने निकै सहज बनाइएकोछ ।

आज बसेको प्रजिअहरुको संयुक्त बैठकले निकै चर्चामा आएको स्मार्ट लकडानको अवधारण अनुरुप आर्थिक गतिविधिको पक्षलाइ चलायमान बनाउने योजना मुताविक थप गरिएको निषेधाज्ञा आदेशमा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने निर्णय संगै नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । जसअनुसार जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइने भएकोछ ।

यस्तो छ जारी आदेश विस्तृत विवरण :

त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको र प्रस्तुत निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल मोबाइल तथा कम्युटर पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यस्तै आदेशपत्रमा सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर [ग्रोसरी बाहेक अन्य] , सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खोल्न इिने र खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर[ग्रोसरी], पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म, निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म सञ्चालन गर्न दिने उल्लेख गरिएको छ।