सोमवार, बैशाख १७, २०८१

कोभिड संक्रमणका कारण उपत्यकामा २ हजार ६४५ जनाले ज्यान गुमाए

काठमाडौं जेठ ३१,
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा देशभरि थपिएका दुई हजार ४९ सङ्क्रमित मध्ये उपत्यकामा ६०७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै आज उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंका ३९६, ललितपुरमा १४५ र भक्तपुरका ६६ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै काठमाडौंमा १लाख ९९ हजार २७४, ललितपुरमा ३६ हजार १९८ र भक्तपुरमा २१ ह्जार ५३८ जनामा कोभिडको संक्रिय संक्रमण रहेको जनाउदै काठमाडौंमा १७८०, ललितपुरमा ५१४ र भक्तपुरमा ३५१ जनाको संक्रमणकै कारण निधन भइसककेको जनाएको छ।