शुक्रबार, चैत्र १६, २०८०

२ हजार ४९ जनामा कोभिड सङ्क्रमण, ५१४७ जना कोभिड मुक्त, ५३ को मृत्यु

काठमाडौं जेठ ३१,
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४३८ को पीसीआर परीक्षणको क्रममा २ हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल कोभिड सङ्क्रमितको सख्या ६ लाख १० हजार ५२१ पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयलृ यसवीचमा ५ हजार १४७ जना संक्रमित कोभिड मुक्त भएसंगै संक्रमण मुक्त हुनेको सख्या ५ लाख ३६ हजार २५२ पुगेको जनाएकोछ ।
साथै मन्त्रालयका अनुसार वितेको २४ घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको र यो संगै सङ्क्रमणका कारण निधन हुनेको सख्या ८हजार ४६५ पुगेको जानकारीदिएको छ।