मङ्लबार, बैशाख ४, २०८१

नवनियुक्त संचार मन्त्री थापालाइ महासङको ६ बुँदे ध्यानाकर्षण

काठमाडौं जेठ ३१,
नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ६ बुँदे ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न ध्यानाकर्षण सहितको आग्रह गर्नुभएको हो ।

महासङ्घको ध्यानाकर्षणमा पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गर्नुको अलावा पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन अनुरोध गरिएकोछ ।

त्यस्तै मन्त्री थापाले पत्रकारका आम समस्या समाधान गर्ने र कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि पहल गर्ने बताउदै उहाँले पत्रकारलाई सरकारको कमिकमजोरी औल्यान आग्रह गर्दै सत्यतथ्य सूचनामा ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँले पत्रकारको हकहित र मागका सम्वन्धमा सकारात्मक रहेको र महासङ्घसँग समन्वय गरेर अघि बढ्ने जनाउ दिदै बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र ७ लाख रुपैयाँको जीवन वीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागु गर्ने बताउनुभयो ।