मङ्लबार, बैशाख २५, २०८१

एसइईको नतिजा साउनको दोस्रो हप्ता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं जेठ ३१,
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा [एसइई]मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ। बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेसंगै यस्तो निर्देशन जारी गरेको हो

त्यस्तै जारी निर्देशनमा विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने त्यसपछि असार मसान्त भित्र बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

स्मरण रहोस गत वर्ष विद्यार्थीको आन्तरिक मूल्याङ्नको क्रममा प्रधानाध्यापक एक्लैले मनोमानी गरेको गुनासो आएसंगै यसपटक बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी ५ सदस्यीय समिति मार्फत गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031