शनिबार, बैशाख ८, २०८१

गुर्जोचुर्ण र चियापत्ती वितरण गर्न् अभियन्ता राजलवटलाइ भ्याइ-नभ्याइ

काठमाडौ जेठ ३१,

काठमाडौ उपत्यकामा कोभिड भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने  टिनोस्पोरा कोर्डिफोलिया  अर्थात  गुर्जो वितरणको अभियान  पछिल्लो समय चर्चाको शिखरमा रहेको छ ।

 गुर्जोकोे सेवनले    मानव शरिरमा मुलत   रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकार निवारण गर्ने  विस्वास सहित  यसको  प्रयोग  हुँदै आएको   पाइन्छ ।  त्यसअर्थमा    कोभिड संक्रमणको महामारीको समयमा समेत राजधानी देखि दुरदराजसम्म बहुउपयोगी गुर्जो र यसबाट बनेको चियापत्ती एवम गुर्जो चुर्ण वोक्दै समाजसेवामा सक्रिय हुन कमल बहादुर राजलवटलाइ भ्याइ नभ्याइको अवस्था सिर्जना भएको छ ।

बढ्दो कोभिड महामारीको रफ्तारसंगै आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख समेत रहेका गुर्जो अभियन्ता राजलवटले यसवीचमा विभिन्न संघ संस्थालाइ मात्र नभइ समुदाय र व्यक्ति विशेषसमेतलाइ गुर्जो चुर्ण,यसबाट बनेको चियापत्ती मात्र नभइ गुर्जोको बिरुवा समेत निःशुल्क वितरण गदै आइरहेका छन ।

यसैक्रममा सक्रमणको जोपखिमकावीच पनि आफ्नो पेशागत क्षेत्र अन्र्तगत फन्टलाइनमा क्रियाशील पत्रकार जगत पनि कोभिड संक्रमणको जोखिममा पर्ने क्रम बढ्दो रहेको अवस्थालाइ दृष्टिगत गर्दै पत्रकारको सुस्वास्थ्यका लागि पत्रकारको प्रयोजनार्थ बहुउपयोगी गुर्जो र यसबाट बनेको चियापत्ती एवम गुर्जो चुर्ण सेवनार्थ वितरणको लागि गुर्जो अभियन्ता राजलवटले अभियानका सदस्यद्दय राजेश प्रधान   र मनोज शाह समेतको उपस्थितीमा नेपाल पत्रकार महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झालाइ हस्तान्तरण गर्नुभएको छ ।

त्यसअवसरमा महासंघ उपत्यका प्रदेशका अध्यक्ष झाले गुर्जो अभियन्ता एवम आराका धुलिखेलका प्रमुख राजलवटको अभियानको सफलताको कामना गर्दै प्राप्त गुर्जो लगायतका औषधि आवश्यकता अनुरुप प्रदेश समितिका सदस्यहरुलाइ वितरण गरिने बताउनुभयो ।यसैवीच अभियन्ता राजलवटले आजै राजधानीको अन्य क्षेत्रमा समेत गुर्जो चुर्ण, चियापत्ती उपलब्ध गराउनु भएको थियो ।