शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक

काठमाडौं जेठ ३१,
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट मार्फत सार्वजनिक गरेको छ। www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।

 यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक भइसकेको  जनाउदै    समितिको  यसपटक   जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै   क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरेको  हो ।   त्यसतै  आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको सदस्यता छानबिन समितिले जनाएकोछ ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आzधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन समेत कांग्रेसले निर्देशन दिएको छ ।