मङ्लबार, बैशाख १८, २०८१

२ हजार ३८२ मा कोभिड सङ्क्रमण पुष्टि, ६२९५ डिस्चार्ज, ६१ को मृत्यु

काठमाडौं जेठ २९
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५०६ वटा कोभिड पीसीआर परीक्षणको क्रममा २ हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै मन्त्रालयले आज दिएको जानकारी अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ६ लाख छ हजार ७७८ पुगेको जनाएको छ ।

त्यस्तै यसवीचमा छ हजार २९५ जना सङ्क्रमित डिस्चार्जभएसंगै डिस्चार्ज हुने कोभिड संक्रमितको सख्या ५ लाख २७ हजार १११ पुगेको जानकारी दिएको छ।

साथै वितेको २४ घण्टामा ६१ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट निधन हुनेको सख्या ८ हजार ३६६ पगेको मन्त्रालयले जनाएको छ।