शनिबार, बैशाख ८, २०८१

सुनको सिक्री लुटपाट गर्ने थापा पक्राउ

काठमाडौं जेठ २९
काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका९१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु प्रहरीले काठमाडौं महानगरपालिका १६ चमती बिनायक बस्तीबाट उनलाई सिक्री सहित थापालाइ पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।