मङ्लबार, बैशाख १८, २०८१

प्रदेश प्रमुखद्वारा वैकल्पिक सरकार गठनको आह्वान

काठमाडौं जेठ २८,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न प्रयास असफल भएसंगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका कारण गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।

विहिवार गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि २९ गते दिउसो ३ बजेका लागी समयसिमा तोक्दै यस्तो आह्वान गर्नु भएको हो ।

यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने योजना बनेसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गर्नुभएपनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो ।

त्यसलगत्तै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने क्रममा विहिवार मुख्यमन्त्री गुरुङ असफल भएको हो ।