बुधबार, अशोज १२, २०७९

निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ५० जनालाई कारवाही

काठमाडौं जेठ २८ ,

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ५० जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गर्दै ६६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको जानकारी दिएको छ।

त्यस्तै यसवीचमा प्रहरीले निषेधाज्ञाको अवज्ञा गर्दै सवारी चलाउने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सवारी साधान मध्ये १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेको प्रहरीले जनाएकोछ ।

त्यस्तै नयाँ भेरियन्ट सहितको कोभिड९१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको जानकारी दिएको छ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031