मङ्लबार, बैशाख २५, २०८१

गुणस्तरहिन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गर्ने ओम निरमाया हेल्थकेयरका ताम्राकार र थापा पक्राउ

ललितपुर जेठ २२ ,

मापदण्डविपरीत ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ओम निरमाया हेल्थकेयर प्रालि ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई २ सय ४० लिटर ह्‍याण्ड स्यानिटाइजर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका(४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका १४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका(५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेको प्रहरीले जनाएको छ।

उक्त हेल्थ केयरबाट कमसल संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्‍याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुर प्रहरीले दुवै जनालाई उक्त स्यानिटाइजर सहित पक्राउ गरेको जनाउदै पक्राउ परेको अभियुक्त उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031