बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा ९३७ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं जेठ २२, 
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३७ जना कोभिड संक्रमितको पहिचान भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामा पहिचान भएका ९३७ सङ्क्रमित मध्ये काठमाडौंका ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जना रहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो डेटा अनुरुप काठमाडौं संक्रमणका कारण १ हजार ६७६, ललितपुरमा ४७५ र भक्तपुरमा ३३४ जनाको मृत्यु भएको जनाएको छ ।