मङ्लबार, बैशाख १८, २०८१

उपत्यकामा थपिए १ हजार ३८४ सङ्क्रमित

काठमाडौं जेठ २१,
पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा १३८४ सङ्क्रमित थपिएको यसमध्ये काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौंमा १३ हजार ९६७, ललितपुरमा ५६०९ र भक्तपुरमा ४ हजार ४८ जनामा संक्रमितमा कोभिड भाइरसको सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।

साथै मन्त्रालयले काठमाडौंमा १६७८, ललितपुरमा ४६४ र भक्तपुरमा ३३१ जनाको मृत्यु भएको जानकारी समेत दिएको छ ।