शुक्रबार, बैशाख १४, २०८१

४६२४ थपिदै गर्दा ८६६३ संक्रमित डिस्चार्ज ,१०१ को मृत्यु

काठमाडौं जेठ २१,

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १४ हजार १८२ नमूनाको पीसीआर परीक्षणको क्रममा ४ हजार ६२४ र छ हजार ६३१ जनाको एन्टीजेन परीक्षण को क्रममा २ हजार २९ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज थपिएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमित ५ लाख ८१ ह्जार ५६० पुगेको छ भने यसवीचमा ८ हजार ६६३ जना सङ्क्रमित कोभिड मुक्त भएको र योसंगै कोभिड मुक्त हुनेको कुल संस्गा ४ लाख ७६ हजार १३० पुगेको मन्त्रालयले जनाएको छ।

साथै वितेको २४ घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको रयोसंगै नेपालमा मृत्यु हुनेको सख्या ६ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ।