बिहिबार, बैशाख २७, २०८१

हिजो ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो, अबको नारा ‘समृद्धिका लागि सञ्चार :  मन्त्री गुरुङ

नेपाल सरकारको स्वामित्वमा  जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने सरकारको निर्णय

काठमाडौं जेठ २१,

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकार प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे आज जानकारी दिदै नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको बताउनुभयो ।

साथै उहाँले नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय बताउनभयो । साथै अव उपरान्त हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको जानकारी दिदै मन्त्री गुरुङले सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको जानकारी दिनभयो ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्राडा यादवप्रकाश लामिछानेलाई मनोनयन गरेको छ भने मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा विनोद अर्याललाई , प्रेस काउन्सिलको अध्यक्षमा  बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनभयो ।

यसपटकको बजेटले आमसञ्चारकर्मी र पत्रकारको हकहितका लागि यथोचित सम्बोधन गरेकै कारण पत्रकार महासंघले समेत स्वागत गरेको जानकारी दिदै महासंघको स्वागत सहितको अभिव्यक्तिका लागि धन्यवाद दिनुभयो । साथै मन्त्री गुरुङले हिजो ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो, अब ‘समृद्धिका लागि सञ्चार’ नारा तय गरिएको बताउदै पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएको बताउनुभयो ।