शनिबार, बैशाख ८, २०८१

न्यूरोडबाट जुवातास खेलिरहेको अवस्थामा दुइ दर्जन भन्दा बढि जुवाडे पक्राउ

  • अनुप प्रधान
    काठमाडौं जेठ २१,

महानगरीय प्रहरी वृत्त जनसेवाले राजधानीको न्यूरोडबाट दुइ दर्जन भन्दा बढि जुवाडेलाई १३ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ।शुक्रवार दिउँसो उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनिहरुलाइ नियन्त्रणमा लिएको हो।

ठूलो धनराशिको हारजित हुने गरी खेल भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले शुरु गरेको छापामार अपरेसनको क्रममा केहीलाई पक्राउ गर्न सफल भए पनि केही जुवाडे भने भागेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा प्रहरी पुगेसंगै अत्तालिएर भाग्न खोज्दा एक जना जुवाडे गम्भीर घाइते भएको र केहि जुवाडे प्रहरीलाइ झुक्याएर भाग् सफल भए पनि निजहरुको खोजी भयरहेको प्रहरीले जनाएको छ।   उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ नगद समेत बरामद गरेको जानकारी दिदै घटनाका  सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।