मङ्लबार, बैशाख १८, २०८१

८औं पटक जिब्रो छेड्दै जात्रालाइ निरन्तरता दिए वुद्धकृष्णले

काठमाडौं बैशाख २

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णवाग श्रेष्ठले जिब्रो छेडेका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्रालाई निरन्तरता दिन ४८ वर्षीय वुद्धकृष्णले ८औं पटक जिब्रो छेडेका हुन् ।  जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले महाद्वीप बोक्दै बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरभित्र प्रवेश गर्दै जात्रा समापन गर्ने र त्यसक्रममा जिब्रो छेडेपछि भएको घाउमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने जनविस्वास रहिआएको छ।

यसअघि मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज हर्षोल्लासपूर्वक सिन्दूरजात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा  अर्थात विहानी जात्रा मनाएका हुन् । जात्राको अवसरमा स्थानीयले मध्यपुरथिमीको टोलटोलबाट खटमा विराजमान गराईएको विभिन्न देवीदेवताको मूर्तिलाई नगर परिक्रमा गराए । थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर नाचगान गरेका थिए ।