शनिबार, बैशाख ८, २०८१

बढ्दो कोभिको जोखिमसंगै काठमाडौ लगायत १४ जिल्लाका भीडभाड हुने ठाउँमा नजान अपिल

काठमाडौं बैशाख २,
कोभिड–१९ को सङ्क्रमणको थप जोखिम बढेसंगै सरकारले अति प्रभावित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल मार्फत पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ ।

“ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ः०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन आग्रह गरेको हो ।

त्यस्तै जारी अपिलमा अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गर्नुको अलावा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गर्दै सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

साथै विदेशी नागरिकलाई पिसीआर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गर्दै मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल मार्फत आग्रह गरिएको छ।