शुक्रबार, बैशाख १४, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं बैशाख २ ,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् भने ३ जना प्रदेशसभा सदस्य भएको राजमोले ले प्रस्तावका पक्षमा मतदान गर्ने तयारी गरेको बुझिएको छ।