मङ्लबार, बैशाख २५, २०८१

प्रम ओलीले ७० औं जन्मदिन मनाउदै गर्दा सर्वोच्चले संसदविघटनको मुद्दामा फैसला सुनाउने तयारी गर्दै

काठमाडौं फागुन ११,
प्रधानमन्त्री केपी ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएको प्रम सचिवालयले जनाएको छ ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैवीच प्रम ओलीले आफ्नो ७० औ जन्म दिन मनाउदै गर्दा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको सम्वद्ध स्रोतले जनाएकोछ । २ महिनाको लामो वहस पैरवी पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने तयारी गरेको सर्वोच्चले स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031