बिहिबार, बैशाख २०, २०८१

अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित बेलायती नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ

काठमाडौं फागुन ११,

लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलर सहित राहदानी नम्बर ५५३४०८८७५ वाहक बेलायती नागरिक ५१ वर्षीयNeil William Greenwood लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा ह्‍याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसैवीच सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको प्रहरीले जनाएकोछ ।सप्तरीप्हरीको बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ परेका कविता दास र रिंकु दासबाट बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहहरीले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031