बिहिबार, बैशाख ६, २०८१

थप १ सय २५ जनामा कोभिड संक्रमण,९० जना संक्रमणमुक्त

काठमाडौ फागुन १० ,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ६ सय ८१ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका ५२ जना सहित देशभर थप १ सय २५ जनामा कोभिड संक्रमण देखिएकोछ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ९० जना संक्रमणमुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ भनेआइसीयूमा ४३ र भेन्टीलेटरमा ११ जनाको उपचार भइरहेको जनाउदै संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको जनाएकोछ ।