शुक्रबार, चैत्र १६, २०८०

१ सय १० जनामा कोभिड संक्रमण , ४ को मृत्यु

काठमाडौं फागुन ११,
पछिल्लो २४ घन्टामा थप १ सय १० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । मन्त्रालयले देशभर ३ हजार २ सय १८ जनामा पिसिआर परीक्षणको क्रममा १ सय १० जनामा संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका १ सय १० जनासँगै देशभर कुल कोभिड संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । यीमध्ये १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

त्यस्तै देशभर थप १ सय २ जनाले संक्रमित संक्रमण मुक्त हुँदैडिस्चार्ज भएसंगै नेपालमा कोभिड मुक्त हुनेको सख्या २ लाख ७० हजार ६८ जना पुगेको छ । साथै वितेको २४ घन्टामा ४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार मृत्यु भएका ४ जनासँगै अहिलेसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६५ जना पुगेको जनाएकोछ ।