मङ्लबार, बैशाख १८, २०८१

समाचार संकलनमा रोक लगाउने प्रेस स्वतन्त्रताविरोधी घटनाको महासंघद्दारा भर्त्सना

काठमाडौं माघ २४,
नेपाल पत्रकार महासंघले नेकपा ओली समुहद्वारा आयोजना गरिएको आमसभाको समाचार संकलनका क्रममा देश सञ्चार डटकमकी पत्रकार दीपा दाहाललाई नेकपा कार्यकर्ताबाट समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।

महासंघले आज जारी गरेको विज्ञप्तिामा शुक्रवार काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्ने क्रममा आमसभामा सहभागीहरुसँग कुराकानी गर्न खोज्दा पत्रकार दाहाललाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै नेकपा कार्यकर्ताबाट समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा रोक लगाउँदै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना समेत गरेको छ । त्यस्तै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघले पत्रकारलाई स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकोछ ।

यसैवीच महासंघले सुर्खेत शाखाका सदस्य शेरबहादुर थापालाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै कुटपिट गरी घाइते बनाएको घटनाप्रति समेत ध्यानाकर्षण भएको जनाउदै समाचार संकलनका क्रममा माघ २३ गते दैलेखको महावु गाउँपालिका पुगेका पत्रकार थापामाथि उक्त गाउँपालिकाका उपाध्यक्षका छोरा धुव्रबुढाले बिनाकारण दुर्व्यवहार गर्दै कुटपिट गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि कुनै पनि बहानामा दुर्व्यवहार र कुटपिट हुनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रेसको संवैधानिक स्वतन्त्रतामाथि आघात पु¥याउने यो कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न बुढालाई कानुनबमोजिम कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र, सुरक्षित र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ स्थानीय प्रशासनसँग माग गरेको छ।