बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यकाका ५८ सहित थप १ सय ५ जनामा कोभिड संक्रमण, २ को मृत्यु

काठमाडौं माघ २३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७ सय ९९ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौं उपत्यकाका ५८ सहित थप १ सय ५ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा देशभरबाट थप २ सय ७२ जना संक्रमणमुक्त भएको जनाएकोछ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ सय पुगेको र देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइसीयूमा ६४ र भेन्टीलेटरमा १३ जना उपचार भइरहेको जनाउदै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको जानकारी दिएको छ ।